आज:  | Thu, 25, Apr, 2024

कांग्रेस धादिङको प्रतिनिधिसभा १ ‘क’ र ‘ख’ मा आज मतदान हुदै

६ मंसिर २०७८, सोमबार ०८:२३ मा प्रकाशित ( २ साल अघि) ६०९ पाठक संख्या
नारी बाटिका


धादिङ,०६ मंसिर ।
नेपाली कांग्रेस धादिङको प्रतिनीधिसभा क्षेत्र र प्रदेश क्षेत्रिय अधिवेशनको आज मतदान हुँदैछ । धादिङको क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ अन्र्तगत बागेश्वरी मा.वि बैरेनी र ‘ख’अन्र्तगतको गलौदी स्थित कबड हलमा मतदान भईरहेको छ ।
२ वटै प्रदेशसभाको मतदान आजै भएपनि प्रतिनिधिसभाको मतदान ८ गते मात्रै हुने कांग्रेस धादिङले जनाएको छ । प्रतिनिधिसभा क्षेत्र नं. २ मा भने मंगलबार निर्वाचन तोकिएको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ को २ वटै प्रदेशसभाको निर्वाचन पनि मंगलबार नै गर्ने तयारी भएको नेपाली कांग्रेस धादिङले जनाएको छ । प्रतिनिधिसभा क्षेत्र नं. २ मा आज मनोनयन दर्ता हुँदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस