आज:  | Thu, 18, Apr, 2024

कांग्रेस धादिङको प्रदेश महाधिवेशन प्रतिनिधि खुल्ला महिलातर्फ चिनामाया श्रेष्ठको उम्मेदवारी

५ मंसिर २०७८, आईतवार १४:५१ मा प्रकाशित ( २ साल अघि) ८२९ पाठक संख्या
नारी बाटिका


  1. धादिङ,०५मंसिर ।
    नेपाली कांग्रेस धादिङको प्रदेश महाधिवेशन प्रतिनिधि खुल्ला महिलातर्फ चिनामाया श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा संक्रिय हुनुभएका महिला नेतृ हाल नीलकण्ठ नगरपालिकाको न्यायिक समितिको सदस्य समेत हुनुहुन्छ । केहि समयदेखि पार्टीको अनुभव लिदै आएको र अब राजनीति बाट समाजको निम्ति केही गर्नुपर्छ भन्ने लागेर नै आफुले उम्मेदवारी दिएको उहाँको भनाइ छ । नेपाली कांग्रेसलाई अहिलेको समयमा अब्बल व्यक्तित्व चाहिएकोले हाम्रो होईन राम्रो मान्छेलाई मतदान गर्नुपर्ने बताउनुभयो । साथै आफुलाई प्रदेश महाधिबेशन प्रतिनिधिमा निर्वाचित गराउनको लागि सम्पुर्ण वडा सभापतिहरु तथा क्षेत्रिय प्रतिनिधीहरुलाई आग्रह समेत गर्नुभएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस