आज:  | Fri, 29, Mar, 2024

कांग्रेस धादिङको सभापतिमा ढुंगानाको प्यानल सहितको उम्मेदवार सार्वजनिक

३ मंसिर २०७८, शुक्रबार १३:१७ मा प्रकाशित ( २ साल अघि) ७०१ पाठक संख्या
नारी बाटिका


धादिङ,०३ मंसिर ।
नेपाली कांग्रेस धादिङको जिल्ला सभापतिमा भिम प्रसाद ढुङ्गानाले प्यानल सहित मुख्य पदका आफ्ना उम्मेदवारहरु सार्वजनिक गरेका छन् । शुक्रवार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरि प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रका सभापति पदमा उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
अधिवेशनमा ढुङ्गाना समुहबाट प्रतिनिधि सभा क्षेत्र नं.१ को सभापतिमा रविसुदन थापा र प्रतिनिधि सभा क्षेत्र नं. २ मा दिपक कोइरालाले उम्मेदवारी दिने भएका छन् । त्यस्तै प्रतिनिधि सभा १ को प्रदेश सभा ‘क’ मा श्याम रेग्मी र ‘ख’मा रामहरि कंडेल, प्रतिनिधि सभा २ को प्रदेश सभा ‘क’ मा ऋषि कुमार श्रेष्ठ र ‘ख’ मा रणबहादुर तामाङले सभापतिमा उम्मेदवारी दिने भएको छ ।
धादिङको महाधिवेशनमा सभापतिको लागि शेरबहादुर देउवा पक्षका भिम प्रसाद ढुंगाना र रामचन्द्र पौडेल पक्षका रामनाथ अधिकारी दुईजनाले उम्मेदवारी दिएका छन् । ढुंगानालाई पूर्व कानून मन्त्री दिलमान पाख्रिन र नेता तिलक रूवाली, डा. राजाराम कार्कीको साथ छ भने अधिकारीलाई हालका जिल्ला सभापति रमेश धमला, बासु तिमल्सिना, भक्त लामा, विनोद तिमल्सिनाको साथ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस