आज:  | Thu, 28, Mar, 2024

प्रदेशमा पहिलो पटक अधिवेशन गर्दै कांग्रेस

२ मंसिर २०७८, बिहीबार ०९:१८ मा प्रकाशित ( २ साल अघि) ७२३ पाठक संख्या
नारी बाटिका


  1. धादिङ,०२ मंसिर ।
    नेपाली कांग्रेसले पहिलो पटक सातै प्रदेशमा अधिवेशन गर्न लागेको छ। दुई सातापछि हुने प्रदेश अधिवेशनका लागि आकांक्षीहरू तयारीमा जुट्दै छन्।पार्टी सभापति शेरबहादुर देउवा पक्ष र उनीइतर समूहबाट प्रदेश सभापति लगायत पदमा प्रतिस्पर्धा हुने देखिएको छ। सातै प्रदेशमा सहमति नभई चुनावी प्रतिस्पर्धा हुने सम्भावना छ।
    सभापति देउवाले आफ्नो समूहबाट प्रदेश अधिवेशन संयोजन गर्न ९ नेतालाई जिम्मेवारी दिएका छन्। कांग्रेसले मंसिर १६ र १७ गते सातै प्रदेशमा अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस